२०८३, कात्तिक २१ गते

images
Logo

Nov 07 2026 | २०८३, कात्तिक २१ गते

images
  • शनिबार, कात्तिक २१ २०८३

एनपीएल अन्तर्गत आज लुम्बिनी र काठमाडौँ बीच आमनेसामने


सञ्चार डबली
  • शनिबार, कात्तिक २१ २०८३
  • 1.2K
    SHARES

  • एनपीएल अन्तर्गत आज लुम्बिनी र काठमाडौँ बीच आमनेसामने

    काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एक खेल हुँदैछ । आज लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

    खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुनेछ ।

    आजको खेलमा जित निकाल्दै दुवै टोली प्रतियोगितामा आफ्नो स्थान बलियो बनाउने लक्ष्यमा हुनेछन् ।

    जारी प्रतियोगितामा चार खेल खेलेको लुम्बिनी तीनमा जित र एकमा अंक बाडेसँगै ७ अंकसहित शीर्षस्थानमा रहेको छ । यस्तै, दुईमा जित र एकमा हार बेहोरेर ४ अंक जोडेको काठमाडौँ चौथो स्थानमा छ ।

    यसअघिका एनपीएल संस्करणमा लुम्बिनी र काठमाडौँबीच तीन खेल भएका छन् । तीमध्ये लुम्बिनीले एक खेल जित्दा काठमाडौँले दुई खेल जितेको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend