२०८३, कात्तिक २१ गते

images
Logo

Nov 07 2026 | २०८३, कात्तिक २१ गते

images
  • शनिबार, कात्तिक २१ २०८३

सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २० २०८३
  • 2.7K
    SHARES

  • सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको हो । सुदूरपश्चिमका लागि सैफ जैबले ३५ रन बनाए भने विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलेनले २४, इशान पाण्डेले २३, थरिन्दु रत्नायकेले अविजित २२ रन बनाएका थिए ।

    त्यसैगरी कर्णालीका बलर मार्क वाटले २ विकेट लिए भने नन्दन यादव, हुसैन तलत, पवन सराफ र सुर्य तामाङले एक एक विकेट लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend