२०८३, कात्तिक १० गते

images
Logo

Oct 27 2026 | २०८३, कात्तिक १० गते

images
  • मंगलबार, कात्तिक १० २०८३

साउदीमा रहेका नेपालीलाई दूतावासको ‘अपील’, अनावश्यक बाहिर ननिस्कन आग्रह


सञ्चार डबली
  • मंगलबार, कात्तिक १० २०८३
  • 1.3K
    SHARES

  • साउदीमा रहेका नेपालीलाई दूतावासको ‘अपील’, अनावश्यक बाहिर ननिस्कन आग्रह

    काठमाडौं । साउदी अरेबियामा सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन नेपाली राजदूतावासले आग्रह गरेको छ ।

    दूतावासले अनावश्यक रूपमा घरबाहिर ननिस्कन र सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न नेपाली समुदायलाई अपिल गरेको हो ।

    दूतावासले जारी गरेको सूचनामा सुरक्षा चेतावनी जारी भएका क्षेत्र तथा समयमा विशेष सावधानी अपनाउन र आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार मान्न भनिएको छ। साथै, सामाजिक सञ्जालमा भ्रामक, अपुष्ट तथा उत्तेजना फैलाउने खालका तस्बिर र भिडियो पोस्ट वा सेयर नगर्न पनि आग्रह गरिएको छ।

    हवाई यात्रा गर्ने तयारीमा रहेका नेपाली नागरिकलाई समेत दूतावासले सचेत गराएको छ। यात्रा गर्नुअघि सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट उडानको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र विमानस्थलतर्फ प्रस्थान गर्न भनिएको छ ।

    यसैगरी, कुनै समस्या वा आपत्कालीन अवस्था उत्पन्न भएमा रियादस्थित नेपाली राजदूतावास तथा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ। त्यसका लागि दुवै नियोगका आधिकारिक फोन नम्बर तथा इमेल प्रयोग गर्न अनुरोध गरिएको छ।

    साउदी अरेबियामा हाल करिब चार लाख नेपाली श्रमिक कार्यरत रहेको अनुमान छ । रोजगारीको सिलसिलामा प्रत्येक वर्ष नेपालबाट करिब ९० हजार नेपाली साउदी जाने गरेका छन् ।

    हाल साउदी अरबमा यमनका इरान-समर्थित हुथी विद्रोहीहरूद्वारा लगातार ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू भइरहेका छन्, जसका कारण त्यहाँ ठूलो सुरक्षा संकट उत्पन्न भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend