२०८३, कात्तिक १० गते

images
Logo

Oct 27 2026 | २०८३, कात्तिक १० गते

images
  • मंगलबार, कात्तिक १० २०८३

विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी


सञ्चार डबली
  • मंगलबार, कात्तिक १० २०८३
  • 759
    SHARES

  • विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी

    काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित हासिल गरेको छ ।

    चितवनले दिएको १५८ रनको लक्ष्य पछाएको विराटनगरले १९.३ ओभरमा १४९ रन बनाउदै अल आउट भएको थियो ।

    विराटनगरका लागि इमरान सेखले सर्बाधिक ३९ रन बनाएका थिए भने आन्द्रे रसेलले ३३ रन बनाएका थिए ।  त्यस्तै लोकेश बमले २६ र अन्गेलो म्याथ्युजले १४ रन बनाएका थिए । 

    त्यस्तै चितवनका बलर कमल सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने रिजन ढकालले २ विकेट लिएका थिए । 

    यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।  

    चितवनका लागि डेविड मलानले सर्वाधिक ७० रन बनाए भने देव खनालले १२ रन बनाउँदै स्टम्पिङ आउट भए । कप्तान रवि बोपारा ३२ र डान मुस्ले २९ रनमा अविजित रहेका थिए ।  त्यस्तै, विराटनगरका लागि एन्जेलो म्याथ्यूस, आन्द्रे रसेल र चारिथ आसालंकाले १-१ विकेट लिएका थिए ।

    एनपीएल अन्तर्गत आजको दोस्रो खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुदैछ । 

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend