२०८३, कात्तिक १० गते

images
Logo

Oct 27 2026 | २०८३, कात्तिक १० गते

images
  • मंगलबार, कात्तिक १० २०८३

इंग्ल्यान्डका कप्तान ह्यारी केनले जिते बालोन डी’ओर


सञ्चार डबली
  • मंगलबार, कात्तिक १० २०८३
  • 242
    SHARES

  • इंग्ल्यान्डका कप्तान ह्यारी केनले जिते बालोन डी’ओर

    काठमाडौँ । इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २००१ पछि बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बनेर इतिहास रचेका छन् ।

    बायर्न म्युनिखका ३३ वर्षीय स्ट्राइकर केनलाई लन्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट खेलाडी घोषित गरिएको हो । यसअघि माइकल ओवेनले सन् २००१ मा यो अवार्ड जितेका थिए ।

    केन बालोन डी’ओर जित्ने पाँचौँ इंग्लिस खेलाडी बनेका छन् । यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले सन् १९६६ तथा केभिन किगनले सन् १९७८ र १९७९ मा यो अवार्ड जितेका थिए ।

    यसपटक फ्रान्सका किलियन एम्बाप्पे दोस्रो र स्पेनका लामिन यमाल तेस्रो स्थानमा रहे । केनले गत सिजन बायर्न म्युनिखका लागि ५१ खेलमा ६१ गोल गरेका थिए । इंग्ल्यान्डका लागि गरेको गोलसमेत जोड्दा उनले ६५ खेलमा ७३ गोल र आठ गोलका लागि सहयोग गरेका थिए । बायर्नका लागि एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका केनले जर्मन बुन्डेसलिगामा ३६ र च्याम्पियन्स लिगमा १४ गोल गरेका थिए ।

    व्यक्तिगत प्रदर्शन उत्कृष्ट रहे पनि केनले गत सिजन विश्वकप र च्याम्पियन्स लिगको उपाधि जित्न सकेका थिएनन् । उनले बायर्नबाट जर्मन घरेलु दुई उपाधि जितेका थिए । उपाधिभन्दा व्यक्तिगत प्रदर्शन र गोल सङ्ख्यालाई प्राथमिकता दिँदै उनलाई बालोन डी’ओर प्रदान गरिएको हो ।

    अवार्ड जितेपछि केनले आफ्नो करिअरमा धेरै उतारचढाव आएको र निरन्तर मेहनत तथा आत्मविश्वासका कारण सफलता प्राप्त गरेको बताएका छन् । इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले केनको उपलब्धिलाई ठूलो सम्मान भनेका छन् भने राजकुमार विलियमले उनलाई उत्कृष्ट कप्तान र असाधारण खेलाडीका रूपमा प्रशंसा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend