२०८३, कात्तिक १० गते

images
Logo

Oct 27 2026 | २०८३, कात्तिक १० गते

images
  • मंगलबार, कात्तिक १० २०८३

कांग्रेस सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही निर्वाचित


सञ्चार डबली
  • बिहीबार , असोज २९ २०८३
  • 7.6K
    SHARES

  • कांग्रेस सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसका १५ औँ महाधिवेशनबाट सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही निर्वाचित भएका छन्। ४ हजार ८०३ मत ल्याएर स्नेही विजयी भएका हुन्।

    उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले ११ सय २० मत पाउँदा तेस्रो स्थानमा रहेका नरेन्द्र पासवनले ७ सय ७२ मत मात्रै पाए। स्नेही विशेष महाधिवेशनबाट पनि सहमहामन्त्री भएका थिए। उनी महाधिवेशनबाट सोही पदमा दोहोरिएका हुन्।

    कांग्रेसको मतपरिणाम धमाधम आइरहेको छ। अझै अहिलेसम्म सहमहामन्त्री मुस्लिम, मधेसी, थारु, अल्पसङ्ख्यक अपाङ्गता र खसआर्यको नतिजा आएको छैन। यो महाधिवेशनबाट ११ सहमहामन्त्री निर्वाचित हुनेछन्।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend