२०८३, कात्तिक १० गते

images
Logo

Oct 27 2026 | २०८३, कात्तिक १० गते

images
  • मंगलबार, कात्तिक १० २०८३

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ बिहीबार


सञ्चार डबली
  • सोमबार, कात्तिक ९ २०८३
  • 902
    SHARES

  • कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ बिहीबार

    काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम कात्तिक १२ गते बिहीबार हुने भएको छ ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथग्रहण कार्यक्रम दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

    कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहणका लागि बोलाइएको छ ।

    सभापतिमा निर्वाचित गगनकुमार थापाले भने दसैँअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । अब उनले केन्द्रीय कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend