२०८३, कात्तिक १० गते

images
Logo

Oct 27 2026 | २०८३, कात्तिक १० गते

images
  • मंगलबार, कात्तिक १० २०८३

चितवनमा बस, माइक्रो र ट्रक ठोक्किँदा १० जना घाइते


सञ्चार डबली
  • मंगलबार, कात्तिक १० २०८३
  • 957
    SHARES

  • चितवनमा बस, माइक्रो र ट्रक ठोक्किँदा १० जना घाइते

    चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् । मंगलबार बिहान बस, माइक्रो र ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।

    काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोलाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बसले ठक्कर दिएको थियो। त्यसपछि अनियन्त्रित भएको बस काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ६१३ नम्बरको ट्रकमा समेत ठोक्किएको थियो ।

    दुर्घटनामा बस र माइक्रोमा सवार १० जना घाइते भएका छन्। घाइतेमध्ये माइक्रोमा सवार बारा निजगढका ४२ वर्षीय कुमार जोशी, नवलपुर कावासोती–३ का ३८ वर्षीय खेमबहादुर गुरुङ र ४२ वर्षीय मुराबहादुर कुमाल रहेका छन्। त्यस्तै, बसमा सवार झापा दमक–३ की ४८ वर्षीया कल्पना पोखरेल र बिर्तामोड–५ का २२ वर्षीय रोमन भट्टराई घाइते भएका छन्।

    घाइतेहरूलाई उपचारका लागि कुरिनटारस्थित सशस्त्र प्रहरीको पृथ्वी राजमार्ग दुर्घटना उपचार केन्द्र र इच्छाकामना गाउँपालिका अस्पतालमा लगिएको छ । अन्य पाँच घाइतेको नाम र ठेगानासहितको विवरण आउन बाँकी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend