२०८३, कात्तिक १९ गते

images
Logo

Nov 05 2026 | २०८३, कात्तिक १९ गते

images
  • बिहीबार , कात्तिक १९ २०८३

लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य


सञ्चार डबली
  • बिहीबार , कात्तिक १९ २०८३
  • 594
    SHARES

  • लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

    कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा लुम्बिनीले जनकपुरलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन जोड्यो ।

    रोहित पौडेलले ३४, निरोशन डिकवेलाले २७, दीलिप नाथले २५ तथा आसिफ शेखले २१ रन जोडे । रुबेन ट्रम्पलमनले १५ तथा शमिम हुसेनले १३ रन बनाए ।

    बलिङतर्फ जनकपुरका राहुल यादव र विशाल शुस्लिङले दुई–दुई तथा हरमीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend