काठमाडौँ । स्पेनिस दोस्रो डिभिजन क्लब टेनेरिफेका ३० वर्षीय स्ट्राइकर जेसस डे मिगुएलको खेलका क्रममा लागेको गम्भीर चोटका कारण निधन भएको छ ।
सोमबार एन्डोराविरुद्धको खेलमा गोलरक्षक जेसस ओवोनोसँग ठोक्किँदा उनको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । उनलाई तत्काल अस्पताल लगिएको थियो । एम्बुलेन्समै हृदयाघात भएपछि स्वास्थ्यकर्मीले पुनर्जीवित गरेका थिए ।
सुरुमा उनको अवस्था स्थिर तर गम्भीर रहेको बताइएको थियो । मंगलबार बिहान स्वास्थ्य अवस्था थप बिग्रिएपछि स्थानीय समयअनुसार बिहान ८ बजे उनको निधन भएको टेनेरिफे क्लबले पुष्टि गरेको छ ।
घटनापछि खेलाडीहरू भावुक बनेका थिए । रेफ्रीले गोलरक्षक ओवोनोलाई सोझै रातो कार्ड देखाउँदै खेल स्थगित गरेका थिए । दुवै क्लबले डे मिगुएलको निधनप्रति दुःख व्यक्त गर्दै परिवार र आफन्तप्रति समवेदना प्रकट गरेका छन् ।

