२०८३, कात्तिक १७ गते

images
Logo

Nov 03 2026 | २०८३, कात्तिक १७ गते

images
  • मंगलबार, कात्तिक १७ २०८३

काठमाडौंमा खुल्यो ASUS को पहिलो एक्सक्लुसिभ स्टोर, नयाँ ROG र TUF गेमिङ ल्यापटप सार्वजनिक


सञ्चार डबली
  • मंगलबार, कात्तिक १७ २०८३
  • 77
    SHARES

  • काठमाडौंमा खुल्यो ASUS को पहिलो एक्सक्लुसिभ स्टोर, नयाँ ROG र TUF गेमिङ ल्यापटप सार्वजनिक

    काठमाडौं । ताइवानको प्रविधि कम्पनी ASUS ले नेपालमा आफ्नो पहिलो एक्सक्लुसिभ ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौंको पुतलीसडकस्थित प्रकाश भवनमा स्टोर उद्घाटन गर्दै नयाँ ROG र TUF Gaming सिरिजका ल्यापटप समेत सार्वजनिक गरेको हो।

    नेपालमा आफ्नो खुद्रा उपस्थिति विस्तार गर्ने रणनीति अन्तर्गत सञ्चालनमा ल्याइएको उक्त स्टोरमा ASUS का विभिन्न सिरिजका ल्यापटप तथा कम्प्युटर हार्डवेयर उपलब्ध हुनेछन्। स्टोरमा Vivobook, Zenbook, ProArt, TUF Gaming र Republic of Gamers (ROG) सिरिजका उत्पादन ग्राहकले खरिद गर्न सक्नेछन्।

    कम्पनीका अनुसार ग्राहकले स्टोरबाट ASUS 4A Guarantee अन्तर्गतका सुविधा पनि प्राप्त गर्नेछन्। यसमा उत्पादनको सुनिश्चित गुणस्तर, समर्पित ग्राहक सेवा, अन्तर्राष्ट्रिय वारेन्टीसहितको सेवा तथा अतिरिक्त मूल्य अभिवृद्धि गर्ने अनुभव समावेश छन्।

    स्टोर उद्घाटनसँगै ASUS ले नेपालमा नयाँ गेमिङ ल्यापटपहरू पनि सार्वजनिक गरेको छ। सार्वजनिक गरिएका उत्पादन मध्ये ROG Zephyrus Duo प्रमुख आकर्षणका रूपमा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend