काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको टसमा जनकपुरका कप्तान हरमित सिंहले टस जित्दै विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
जनकपुर आजको खेलमा लगातार तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले त्यसपछि काठमाण्डू गोर्खाज र पोखरा एभेन्जर्सलाई हराएको थियो ।
जनकपुर तीन खेलबाट चार अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।
यता, विराटनगर किंग्स पनि जितको खोजीमा छ । यसअघि चितवन राइनोज र कर्णाली याक्ससँग पराजित भएको विराटनगरले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो जित निकालेको थियो ।
विराटनगर तीन खेलबाट दुई अंकसहित अंकतालिकाको छैटौँ स्थानमा रहेको छ । आजको खेल जित्दै विराटनगर दोस्रो जित निकाल्ने योजनामा छ ।

