२०८३, कात्तिक १९ गते

images
Logo

Nov 05 2026 | २०८३, कात्तिक १९ गते

images
  • बिहीबार , कात्तिक १९ २०८३

गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा सञ्चालनमा


सञ्चार डबली
  • बिहीबार , कात्तिक १९ २०८३
  • 627
    SHARES

  • गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा सञ्चालनमा

    काठमाडौं । गरिमा विकास बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ३, बालुवाटारमा १२७औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

    बैंकले पहिलो पटक कारोबार सञ्चालन गरेको १९औं वर्षको विशेष अवसर पारेर बालुवाटारस्थित आफ्नो केन्द्रीय कार्यालय रहेको भवनमा बालुवाटार शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

    बैंकको अध्यक्ष दिलिप प्रताप खाँणको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले बालुवाटार शाखाको उद्घाटन गरेका हुन् ।

    सञ्चालनमा आएको बालुवाटार शाखा मार्फत ग्राहकहरूले नियमित बैकिङ सेवाका अतिरिक्त एटिएम, लकर, विदेशी मुद्रा सटही लगायतका सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

    आम नागरिकको बैंकिङ सेवामा पहुँच अभिवृद्धि गर्ने, वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउने तथा ग्राहकहरूलाई सहज र विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ विकास बैंकले आफ्नो शाखा सञ्जाल विस्तारलाई निरन्तरता दिँदै आएको छ ।

    बैंकले शाखा विस्तारलाई केवल भौगोलिक उपस्थितिको वृद्धिका रूपमा मात्र नभई स्थानीय आर्थिक गतिविधिको प्रवद्र्धन, उद्यमशीलताको विकास, बचत परिचालन तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिएको छ ।

    बालुवाटार क्षेत्रमा नयाँ शाखा सञ्चालनमा आएसँगै व्यक्तिगत तथा संस्थागत ग्राहकहरूको आवश्यकता अनुरूपका वित्तीय सेवा उपलब्ध गराउन र स्थानीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास विकास बैंकले लिएको छ ।

    बैंकले देशका सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत विभिन्न भौगोलिक क्षेत्रका करिब १० लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आईरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend