२०८३, कात्तिक १९ गते

images
Logo

Nov 05 2026 | २०८३, कात्तिक १९ गते

images
  • बिहीबार , कात्तिक १९ २०८३

राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन आजदेखि बिक्री गर्दै


सञ्चार डबली
  • बिहीबार , कात्तिक १९ २०८३
  • 715
    SHARES

  • राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन आजदेखि बिक्री गर्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आज र भोली सुनको असर्फी र चाँदीको मेडालियन बिक्री शुरु गरेको छ ।

    राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले आज र भोली सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गर्न लागेको हो ।

    राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी र १० ग्रामको एक थान चाँदीको मेडालियन बिक्री गर्ने जनाएको छ । चाँदीको मेडालियनमा लक्ष्मी र गणेशको आकृति अंकित हुनेछ । एक व्यक्तिले बढीमा दुई थान मात्रै खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।   २.५ ग्रामको एक थान सुनको असर्फीको मुल्य ६५ हजार ४ सय तोकिएको छ भने १० ग्राम चाँदीको मेडालियनको मुल्य ३८०० तोकिएको राष्ट्र बैंकले जनाएको छ । 

    उक्त असर्फी तथा मेडालियन आज र भोली बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म टक्सार महाशाखाको बिक्री काउन्टरबाट खरिद गर्न सकिनेछ । बिक्री मौज्दात कायम रहेसम्म मात्र खुला रहने राष्ट्र बैंकले जनाएको छ ।

    खरिद गर्न चाहने नेपाली नागरिकले नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ । यसको भुक्तानी नगद वा क्यूआर माध्यमबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend