२०८३, कात्तिक २१ गते

images
Logo

Nov 07 2026 | २०८३, कात्तिक २१ गते

images
  • शनिबार, कात्तिक २१ २०८३

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, साढे ३ अर्बको कारोबार


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २० २०८३
  • 4.9K
    SHARES

  • सामान्य अंकले बढ्यो नेप्से परिसूचक, साढे ३ अर्बको कारोबार

    काठमाडौं । तिहारअघिको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक २.६४ अंकले बढेर २ हजार ६ सय ५५.२२ अंकको बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये १ सय ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ७ कम्पनीको सेयर मूल्य घटेको छ ।

    आज नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । बुधबार ३ अर्ब ४६ करोड २० लाख ५९ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ ।बिहीबार ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।

    आज सबैभन्दा धेरै कमाउनेमा क्रेष्ट माइक्रो इन्स्योरेन्सका लगानीकर्ता रहेका छन् । यस कम्पनीको सेयर मूल्य १४.०८ प्रतिशतले बढेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा घोराही सिमेन्टका लगानीकर्ताहरु रहेका छन् । यो कम्पनीको सेयर मूल्य ४.४३ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend