२०८३, कात्तिक २१ गते

images
Logo

Nov 07 2026 | २०८३, कात्तिक २१ गते

images
  • शनिबार, कात्तिक २१ २०८३

दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै


सञ्चार डबली
  • शनिबार, कात्तिक २१ २०८३
  • 825
    SHARES

  • दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन कतारको दोहा जाने भएका छन् ।

    मन्त्री तिमिल्सिनासँगै मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र एक अधिकारी पनि भ्रमणमा सहभागी हुनेछन् ।

    नोभेम्बर ७ देखि १३ सम्म हुने महासम्मेलनमा नेपालले अन्तर्राष्ट्रिय दूरसञ्चार संघको उच्च व्यवस्थापन टोली, परिषद् तथा रेडियो नियमावली बोर्डका सदस्य चयनका लागि हुने निर्वाचनमा मतदान गर्ने कार्यक्रम छ ।

    भ्रमणका क्रममा मन्त्री तिमिल्सिनाले विभिन्न देशका समकक्षी मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। भेटमा दूरसञ्चार पूर्वाधार, सेवाको गुणस्तर, डिजिटल पहुँच विस्तार र आधुनिक सञ्चार प्रविधिमा सहकार्यका विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

    भ्रमणको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय दूरसञ्चार नीति निर्माणमा नेपालको सहभागिता बढाउनु र डिजिटल रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्नु रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend