२०८३, कात्तिक २१ गते

images
Logo

Nov 07 2026 | २०८३, कात्तिक २१ गते

images
  • शनिबार, कात्तिक २१ २०८३

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए पद तथा गोपनीयताको शपथ


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २० २०८३
  • 5.3K
    SHARES

  • माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले केसीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    राष्ट्र बैंकमा आयोजित शपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अन्य पदाधिकारी, माछापुच्छ्रे बैंकका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृतलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

    बैंकको २८औँ वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनीका तर्फबाट केसी सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका थिए ।

    त्यसपछि बसेको सञ्चालक समितिको ५६७औँ बैठकले उनलाई आगामी चार वर्षका लागि बैंकको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।

    नियुक्तिसँगै केसीले अब चार वर्षसम्म माछापुच्छ्रे बैंकको अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend