२०८३, कात्तिक २१ गते

images
Logo

Nov 07 2026 | २०८३, कात्तिक २१ गते

images
  • शनिबार, कात्तिक २१ २०८३

नेपाल बैंक र फिन्टारा सोलुसन्सबीच सम्झौता, क्रेडिट कार्डबाट १८ महिनासम्म किस्तामा सामान किन्न सकिने


सञ्चार डबली
  • शनिबार, कात्तिक २१ २०८३
  • 1.6K
    SHARES

  • नेपाल बैंक र फिन्टारा सोलुसन्सबीच सम्झौता, क्रेडिट कार्डबाट १८ महिनासम्म किस्तामा सामान किन्न सकिने

    काठमाडौँ / नेपाल बैंक लिमिटेड र फिन्टारा सोलुसन्स प्रा.लि.बीच क्रेडिट कार्डबाट किस्ताबन्दीमा सामान खरिद गर्न सकिने सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

    नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बैंक स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसरमा बिफनिफुल प्लेटफर्ममा आबद्ध भई आफ्ना ग्राहकलाई क्रेडिट कार्डबाट किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने सुविधा सुरु गरेको हो ।

    सम्झौताअनुसार नेपाल बैंकको क्रेडिट कार्ड सुविधा प्रयोग गर्ने ग्राहकले ‘Buy Now Pay Later’ सुविधा प्रयोग गरी १८ महिनासम्मको किस्ताबन्दी सुविधामा सामान खरिद गर्न सक्नेछन् । यस सुविधाअन्तर्गत सामान खरिद गर्दा ग्राहकलाई कुनै पनि ब्याज शुल्क लाग्ने छैन ।

    नेपाल बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौंमा सोमबार कात्तिक १६ गते आयोजित कार्यक्रममा बैंकका तर्फबाट प्रमुख कर्जा अधिकृत प्रदीप कुमार पाठक र फिन्टारा सोलुसन्सका कार्यकारी निर्देशक आशिष कुमार शर्माले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    नेपाल बैंक लिमिटेड यही कात्तिक ३० गते ९०औँ वर्षमा प्रवेश गर्दैछ । बैंकले डिजिटल प्रविधिको समुचित प्रयोगमार्फत गुणस्तरीय ग्राहक सेवामा जोड दिँदै युवा जनशक्तिमार्फत नेपालमै बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

    यस अवस्थामा युवा जनशक्ति र आधुनिक प्रविधिको समुचित प्रयोगसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend