२०८३, कात्तिक २१ गते

images
Logo

Nov 07 2026 | २०८३, कात्तिक २१ गते

images
  • शनिबार, कात्तिक २१ २०८३

पर्यटन बोर्डको कार्यकारी प्रमुख बन्न १६ जना उम्मेदवार सर्टलिस्टमा


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २० २०८३
  • 1.1K
    SHARES

  • पर्यटन बोर्डको कार्यकारी प्रमुख बन्न १६ जना उम्मेदवार सर्टलिस्टमा

    काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख बन्न १६ जना उम्मेदवार सर्टलिस्टमा परेका छन् ।

    बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार गरिएको मूल्यांकनबाट १६ जना उम्मेदवार छनोट भएका हुन् ।

    छनोट उपसमितिले उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव र पेस गरिएका कागजातको प्राविधिक परीक्षण गरी सर्टलिस्ट तयार पारेको जनाएको छ ।

    सर्टलिस्टमा चितवनका आशुतोष प्रधान, उत्तम प्रसाद देवकोटा र धर्मराज दवाडी छन् । त्यस्तै इलामका टेकबहादुर महत, मोरङका नोजल कोइराला र काठमाडौंका युविका भण्डारी, राजाराम केसी तथा सन्तोष विक्रम थापा पनि छनोट भएका छन् ।

    यसैगरी गोरखाका रामचन्द्र सेढाईं, भक्तपुरका रोहिणी प्रसाद खनाल, दाङका लक्ष्मण गौतम, पाल्पाका विनोद अर्याल र ताप्लेजुङकी श्रद्धा श्रेष्ठ सर्टलिस्टमा परेका छन् ।

    रूपन्देहीका श्री प्रसाद भट्टराई, बैतडीका सुरेश सिंह बुडाल र कञ्चनपुरका हिकमत सिंह ऐर पनि छनोट भएका छन् ।

    छनोट भएका सबै उम्मेदवारलाई आगामी मंसिर १० गते बिहान सवा ८ बजे नेपाल पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुन भनिएको छ । उनीहरूले आफ्नो शैक्षिक योग्यता र कार्यअनुभवका सक्कल कागजात पेस गर्नुपर्नेछ ।

    कागजात परीक्षणपछि उम्मेदवारहरूले बोर्डको भावी योजना, रणनीति र सुधारका विषयमा व्यक्तिगत प्रस्तुतीकरण दिनुपर्नेछ । सोही प्रस्तुतीकरण र व्यावसायिक कार्ययोजनाका आधारमा बोर्डको नयाँ कार्यकारी प्रमुख छनोट गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend