२०८३, कात्तिक २१ गते

images
Logo

Nov 07 2026 | २०८३, कात्तिक २१ गते

images
  • शनिबार, कात्तिक २१ २०८३

काठमाडौँको वायु प्रदूषण अस्वस्थकर


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २० २०८३
  • 1.4K
    SHARES

  • काठमाडौँको वायु प्रदूषण अस्वस्थकर

    काठमाडौँ – काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर बढ्दै गएको छ। सुक्खा मौसम सुरु भएसँगै उपत्यकाका विभिन्न क्षेत्रमा वायु गुणस्तर अस्वस्थकर तहमा पुगेको हो।

    स्विट्जरल्यान्डस्थित वायु गुणस्तर मापन गर्ने संस्था आईक्यूएयरका अनुसार शुक्रबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १११ मापन गरिएको छ। बिहीबार मध्यबानेश्वर क्षेत्रमा एक्यूआई १५३ पुगेको थियो भने शुक्रबार बिहान सवा ९ बजे १२७ मापन भएको छ।

    काठमाडौं महानगरपालिकाको वायु गुणस्तर निगरानी प्रणालीअनुसार स्वयम्भू, बालाजु, टेकु, डल्लु, थापाथली, असन, कमलादी, चाबहिल, लैनचौरलगायत क्षेत्रमा प्रदूषणको स्तर अस्वस्थकर छ। आईक्यूएयरको पूर्वानुमानअनुसार आगामी आइतबारसम्म उपत्यकाको वायु प्रदूषण अस्वस्थकर तहमा रहने सम्भावना छ।

    महानगरपालिकाले प्रदूषण बढाउने गतिविधि नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। सुक्खा मौसममा वर्षा कम हुँदा धुलो तथा सूक्ष्म प्रदूषित कण हावामा लामो समयसम्म रहने भएकाले प्रदूषण बढ्ने गरेको छ।

    विशेषगरी बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वासका बिरामी तथा दीर्घरोगी प्रदूषणबाट बढी प्रभावित हुन सक्ने भएकाले सावधानी अपनाउन आवश्यक छ।

    यसैबीच, छिमेकी भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको अवस्था झनै गम्भीर बनेको छ। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार शुक्रबार बिहान ८ बजे दिल्लीको एक्यूआई ४२२ पुगेको छ। जवाहरलाल नेहरू स्टेडियम क्षेत्रमा ४२१ र नजफगढमा ४१४ मापन गरिएको छ।

    एक्यूआई ४०१ देखि ५०० सम्म पुग्नुलाई गम्भीर प्रदूषणको अवस्था मानिन्छ। यस्तो हावाले स्वस्थ व्यक्तिको स्वास्थ्यमा समेत असर पार्न सक्छ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend