२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images
समाचार

क्रोएसिया पठाउँछु भन्दै ठगी गर्ने एक जना पक्राउ


  • बिहीबार , पुस २६ २०८०
  • 8.3K
    SHARES

  • images
    क्रोएसिया पठाउँछु भन्दै ठगी गर्ने एक जना पक्राउ

    काठमाडौं २६ पुस । क्रोएसिया पठाउँछु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटाको धनकुटा नगरपालिका–२ घर भएर काठमाडौं बस्ने दीपेन्द्र राई रहेका छन्।

    ३२ वर्षीय दीपेन्द्र राईले क्रोएसिया पठाउँछु भनेर जयराम भण्डारीसँग ५ लाख लिएपछि सम्पर्कविहीन भएका थिए। उनले पीडितहरूलाई क्रोएसिया जान ११ लाख लाग्छ भनेर प्रलोभनमा पारेर रकम ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

    आरोपीलाई कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ।

     



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend