२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार रकम भने बढ्यो


सञ्चार डबली
  • बुधबार, असोज १४ २०८३
  • 660
    SHARES

  • images
    नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार रकम भने बढ्यो

    काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । यसदिन नेप्से परिसूचक ४.८२ अंकले घटेर २ हजार ५ सय ९८.८९ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएका १ सय १० कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ५६ कम्पनीको घटेको छ ।

    आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । बुधबार ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार ४ अर्ब ६५ करोड ४८ लाख ७८ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।

    आज सबैभन्दा धेरै कमाउनेमा सिन्धु विकास बैंकका लगानीकर्ताहरु रहेकाछन् । यस बैंकको सेयर मूल्य १४.३७ प्रतिशतले बढेर ४ सय ४४ रुपैयाँ पुगेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा सानिमा ग्रोथ फन्डका लगानीकर्ताहरु रहेका छन् । यस कम्पनीको सेयर मूल्य ३.७८ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend