काठमाडौं । नेकपाकी सांसद बालावती शर्माले बागलुङ र म्याग्दी जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै असोज ८ देखि ११ गतेसम्मको भारी वर्षाका कारण दुई जिल्लामा ठूलो क्षति भएको बताइन्।
वर्षापछि बाटो, बिजुली, टेलिफोन र दैनिक उपभोग्य वस्तुसमेत पाउन छाडेको बताइन्। यो पनि भोटेकोशी बाढीजस्तै भएकाले एउटै राहत प्याकेजमा काम गर्न सरकारसँग माग राखिन्।


