२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बाढीबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौली क्षेत्रमा छाडियो


सञ्चार डबली
  • बुधबार, असोज १४ २०८३
  • 660
    SHARES

  • images
    बाढीबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौली क्षेत्रमा छाडियो

    चितवन । सुस्ताबाट उद्धार गरी ल्याइएको पोथी गैँडा सौराहाको जनकौली सामुदायिक वन क्षेत्रमा छाडिएको छ ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार नारायणी नदीको बाढीले बगाएर सुस्ता गाउँपालिका ४ पुर्याएको गैँडालाई उद्धार गरी सौराहा ल्याइएको थियो ।

    गैँडा उद्धारका लागि निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा अमित सडौलाको नेतृत्वमा टोली सुस्ता पुगेको थियो । त्यस गैँडालाई ट्रकमा राखेर ल्याइएको हो । उद्धार गरी ल्याइएको सो गैँडा अन्दाजी पाँच वर्षको छ ।

    आधिकारिक रुपमा हालसम्म एउटामात्र गैँडा नदीले बगाएको सूचना आए तापनि अन्य गैँडासहितका वन्यजन्तु पनि बगाएको हुनसक्ने अनुमान गरिएको छ । यसअघि विसं २०७४ साउन २८ गते राप्ती र नारायणीको बाढीले पनि केही गैँडा बगाएर भारतीय भूमिमा पुर्याएको थियो ।

    तत्कालीन निकुञ्जका प्रमुख संरक्षण अधिकृत सहसचिव डा रामचन्द्र कँडेलका अनुसार त्यसबेला भारतीय भूमिमा पुगेका १२ वटा गैँडा उद्धार गरी ल्याइएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा हाल ६९४ वटा गैँडा रहेको पछिल्लो गणनामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend