२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बुद्ध एयरको वार्षिकोत्सव अफर : शिशुको टिकटमा ५० प्रतिशत छुट


सञ्चार डबली
  • बुधबार, असोज १४ २०८३
  • 1.5K
    SHARES

  • images
    बुद्ध एयरको वार्षिकोत्सव अफर : शिशुको टिकटमा ५० प्रतिशत छुट

    काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो २९औँ वार्षिकोत्सवको अवसरमा शिशु यात्रुका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ ।

    कम्पनीले शिशुको टिकट भाडामा ५० प्रतिशत छुट दिने भएको हो । यो छुट अक्टोबर १ देखि ११, २०२६ (असोज १५ देखि २५ गतेसम्म) लागू हुनेछ ।

    बुद्ध एयरका अनुसार यस योजनाअन्तर्गत यात्रा गर्ने शिशु यात्रुलाई ममबड्स यूएसएसँगको सहकार्यमा विशेष बेबी केयर गुडिज समेत उपलब्ध गराइनेछ ।

    २८ वर्षको सफल यात्रा पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको अवसरमा यात्रुप्रति आभार व्यक्त गर्दै पारिवारिक यात्रालाई थप सहज र किफायती बनाउन यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

    यस अफरबारे थप जानकारी बुद्ध एयरको आधिकारिक वेबसाइट तथा नजिकैको काउन्टरबाट लिन सकिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend