२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एबीपी इनर्जीले आईपीओ निष्कासन गर्ने


सञ्चार डबली
  • बुधबार, असोज १४ २०८३
  • 528
    SHARES

  • images
    एबीपी इनर्जीले आईपीओ निष्कासन गर्ने

    काठमाडौं । जलविद्युत् कम्पनी एबीपी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ निष्कासन तथा व्यवस्थापनका लागि कम्पनी र सिद्धार्थ क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ ।

    असोज ८ गते भएको सम्झौतामा एबीपी इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    सम्झौताअनुसार एबीपी इनर्जीको प्रस्तावित आईपीओ निष्कासन तथा व्यवस्थापनको काम प्रचलित कानुन, नियामकीय व्यवस्था र सम्बन्धित निकायको स्वीकृतिअनुसार अघि बढाइनेछ । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटलले पाएको छ ।

    कम्पनीको सञ्चालक समूहमा जलविद्युत् क्षेत्रमा लामो अनुभव भएका पूर्णलाल श्रेष्ठ र बलराम खतिवडा छन् । त्यस्तै, नेपाली प्राविधिक उद्यमी तथा एफवान सफ्ट इन्टरनेशनल र इसेवाका संस्थापक अज्गर अली पनि सञ्चालक समूहमा छन् ।

    एबीपी इनर्जीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा ८ मेगावाट क्षमताको तादी घ्याङफेदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । तादी खोलाको पानी उपयोग गर्ने यो आयोजना रन–अफ–रिभर प्रकृतिको हो ।

    आयोजनाको प्रतिमेगावाट लागत करिब २० करोड ५० लाख रुपैयाँ रहेको छ। आयोजनाबाट २०८४ वैशाख मसान्तसम्म व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

    आयोजनाको कुल लागत १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । यसमध्ये सिद्धार्थ बैंकले १ अर्ब २३ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भइसकेको छ । आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशतभन्दा बढी भएको कम्पनीले जनाएको छ ।

    कम्पनीले अनुभवी नेतृत्व र ऊर्जा क्षेत्रमा दीर्घकालीन लगानीमार्फत नेपालको जलस्रोतको उपयोग गर्दै स्वच्छ तथा नवीकरणीय ऊर्जा उत्पादनमा योगदान पुर्‍याउने लक्ष्य राखेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend