२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट


सञ्चार डबली
  • बुधबार, असोज १४ २०८३
  • 66
    SHARES

  • images
    बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

    काठमाडौं । बजाजले आफ्नो लोकप्रिय पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । शक्ति, तीव्रता र आत्मविश्वासका लागि परिचित ढाँटसँगको यो सहकार्यले पल्सर एनएसको प्रदर्शनमुखी पहिचानलाई थप बलियो बनाउने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

    'र पावर मिट्स र पावर’ (Raw Power Meets Raw Power) भन्ने मूल अवधारणामा आधारित यो सहकार्यले रविन्द्र ढाँटको व्यक्तित्व र पल्सरको आक्रामक प्रदर्शनबीचको समानतालाई प्रस्तुत गर्नेछ । ढाँटको शक्ति, तीव्रता र प्रभावशाली व्यक्तित्व पल्सरको पावर, प्रदर्शन र मस्कुलर स्ट्रिटफाइटर डिजाइनसँग मेल खाने कम्पनीको भनाइ छ ।

    पल्सरलाई शक्ति, प्रदर्शन र आक्रामक राइडिब चरित्रका लागि परिचित मोटरसाइकलका रूपमा स्थापित गर्दै आएको बजाजले ढाँटसँगको सहकार्यबाट यही पहिचानलाई अझ प्रभावकारी रूपमा प्रस्तुत गर्ने जनाएको छ । यस सहकार्यले विशेषगरी युवा तथा प्रदर्शनमुखी मोटरसाइकलप्रति रुचि राख्ने राइडरहरूसँग ब्रान्डको सम्बन्ध थप बलियो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

    रविन्द्र ढाँट अब पल्सर एनएसका विभिन्न ब्रान्ड कम्युनिकेसन, अभियान तथा उपभोक्ता संलग्नताका गतिविधिमा देखिनेछन् । यसमार्फत पल्सरका उत्पादनका विशेषता र प्राविधिक पक्षसँगै शक्ति, आत्मविश्वास, प्रदर्शन र बोल्ड एटिच्युडलाई पनि थप प्रभावकारी रूपमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

    बजाजका अनुसार, रविन्द्र ढाँट र पल्सरबीचको सहकार्य दुई फरक पहिचानलाई एउटै भावनामा जोड्ने प्रयास हो । दुवैको केन्द्रमा रहेको शक्ति र प्रदर्शनको भावनाले पल्सरको व्यक्तित्वलाई अझ स्पष्ट र विशिष्ट बनाउन सहयोग गर्ने कम्पनीको विश्वास छ ।

    पल्सर र रविन्द्र ढाँटसँग सम्बन्धित आगामी अभियान तथा सामग्रीका लागि ग्राहकहरूले बजाज नेपालको आधिकारिक सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यमहरू हेर्न सक्नेछन्। साथै, पल्सरका बारेमा थप जानकारीका लागि नजिकैको बजाज शोरुममा सम्पर्क गर्न सकिनेकम्पनीले उल्लेख गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend