२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

राष्ट्रपति पौडेल र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष बट्टिमरबीच भेटवार्ता 


सञ्चार डबली
  • बिहीबार , पुस २६ २०८०
  • 10.4K
    SHARES

  • images
    राष्ट्रपति पौडेल र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष बट्टिमरबीच भेटवार्ता 


    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बट्टिमरको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा विहीबार भएको भेटवार्तामा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि हिमाल बचाउन र पानीको स्रोत जोगाउने साझा मुद्दामा दुवै देश मिलेर काम गर्नुपर्ने बताएका छन् ।  

    उनले हिमाल बचाउने कुरा नेपालको मात्र नभएर विश्वकै साझा चुनौति भएको उल्लेख गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि कार्वन उत्सर्जन बढी गर्ने मुलुकले बढी लगानी गर्नुपर्ने नेपालको धारणा स्पष्ट पारेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए । 

    बन्धुत्व, आपसी सहयोग तथा समझदारीमा आधारित दुई देशको सम्बन्ध आगामी दिनहरूमा थप मजबुत बनाउँदै बहुपक्षीय क्षेत्र एवम् अन्तराष्ट्रिय मञ्चहरुमा साझेदारी गर्दै अगाडि बढ्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए ।  अध्यक्ष जेरी बट्टिमरले नेपालको लोकतान्त्रिक संविधानमा जनताका अधिकारहरूको व्यवस्था देखेर आफू चकित र रोमाञ्चित भएको उल्लेख गरे । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend