२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

दुई दिन पछि सर्‍यो कांग्रेस महाधिवेशन


सञ्चार डबली
  • मंगलबार, असोज १३ २०८३
  • 583
    SHARES

  • images
    दुई दिन पछि सर्‍यो कांग्रेस महाधिवेशन

    काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशन दुई दिन सरेको छ।

    कांग्रेसले मंगलबार प्रेस विज्ञप्ति जारी गरी महाधिवेशन दुई दिन सारिएको जनाएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले असोज १८ गते उद्घाटन समारोह हुने जानकारी दिएका छन्।

    यसअघि कांग्रेसको महाधिवेशन असोज १६ गते उद्घाटन गर्ने तय भएको थियो। असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको थियो।

    कार्यवाहक मुख्य सचिव दुलालले जारी गरेको प्रेस विज्ञप्तिमा वर्षाका कारण तल्लो तहका अधिवेशन हुन नसक्दा महाधिवेशनको दुई दिन पछि धकेलिएको जनाइएको छ।

    ‘देशमा विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको छ,’ सूचनामा भनिएको छ, ‘यस परिस्थितिलाई मध्येनजर गरी १५औं महाधिवेशन उद्घाटन समारोह २०८३ असोज १८ गते २ बजे खुलामञ्चमा हुने बेहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend