२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

इजरायली हवाई आक्रमणः ९० प्यालेस्टाइनीको मृत्यु


सञ्चार डबली
  • बिहीबार , पुस २६ २०८०
  • 8.7K
    SHARES

  • images
    इजरायली हवाई आक्रमणः ९० प्यालेस्टाइनीको मृत्यु


    काठमाडौं । गाजामा क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परि थप ९० जनाको मृत्यु भएको छ । बुधबार इजरायलले गरेका दुई अलग–अलग हवाई आक्रमणहरूमा थप ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सिन्ह्वा समाचार एजेन्सीको रिपोर्ट अनुसार, गाजास्थित स्वास्थ्य मन्त्रालयले इजरायलले गाजाको केन्द्रमा रहेको आवासीय क्षेत्रमा बमबारी गरेको गरेको जनाएको छ । 

    उक्त आक्रमणमा भौतिक क्षति हुनुका साथै ५८ जनाको मृत्यु भएको छ ।  भवन ध्वस्त भएको छ र ५८ जनाको मृत्यु भएको छ। धेरै मानिसहरुआक्रमणमा परि कयौं घाइते भएका छन् । इजिप्टको सिमानामा रहेको रफाहमा रहेको एउटा भवन पनि इजरायली आक्रमणबाट ध्वस्त भएको थियो । उद्धारकर्मीहरूले भग्नावशेषबाट १५ जनाको शव निकालेका छन् ।

    गाजाको स्वास्थ्य मन्त्रालयले दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजरायली आक्रमणमा १४ जनाको मृत्यु भएको बताएको छ । गाजाको जबलिया सहरमा रहेको एउटा घरको भग्नावशेषबाट नागरिक रक्षा टोलीले पाँच जनाको शव र दर्जनौं घाइतेलाई निकालेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ मा इजरायलले सुरु गरेको युद्धमा अहिलेसम्म २३ हजार प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend