२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

राष्ट्रियसभा निर्वाचनः आज उम्मेदवारको नामावली प्रकाशित गरिदै


सञ्चार डबली
  • बिहीबार , पुस २६ २०८०
  • 7.6K
    SHARES

  • images
    राष्ट्रियसभा निर्वाचनः आज उम्मेदवारको नामावली प्रकाशित गरिदै


    काठमाडौं । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदैछ । राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।  

    उजुरीको जाँचबुझ सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।भोलि नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिनसक्ने छन् । 

    भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एक÷एक मतदानस्थल र दुई÷दुई मतदान केन्द्र कायम गरिएको छ ।मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend