२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 तनहुँमा जिप दुर्घटनाः २ जनाको मृत्यु, १० जना घाइते


सञ्चार डबली
  • बुधबार, पुस २५ २०८०
  • 8.4K
    SHARES

  • images
     तनहुँमा जिप दुर्घटनाः २ जनाको मृत्यु, १० जना घाइते


    काठमाडौं । पोखराबाट रामपुर पाल्पा गइरहेको जिप तनहुँमा दुर्घटनामा परेको छ । बुधबार बिहान साढे ९ बजे ग१ज ६३५६ नम्बरको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  मृत्यु हुनेमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) बौदीकाली गाउँपालिका–२ का ४२ वर्षीय रुमबहादुर विक र सोही ठाउँका ५५ वर्षीय जेमलाल दरै रहेको तनहुँ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताए।

     जिप तनहुँ भिमाद नगरपालिका–३ सुनाकोट बराथुम्कीस्थित भित्री सडकखण्डमा सडकबाट करिब १५० मिटर तल खोलामा खसेको खाणले बताए। तत्काल उद्धार गरी घाइतेलाई जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा पठाइएकोमा विक र दरैको मृत्यु भएको खाणले बताए।

    दुर्घटनामा अन्य १० जना घाइते छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर, चारजनाको अवस्था मध्यम र तीन जनाको अवस्था सामान्य रहेको खाणले जानकारी दिए। घाइतेमध्ये चार जनाको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र अन्य ६ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ।

     जिपी कोइराला राण्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा नवलपुर  वौदिकाली  गाउँपालिका वडा नं. २ बस्ने वर्ष ४० को हरी ओझा, पाल्पा निस्ति गाउँपालिका वडा नं. १ बस्ने वर्ष ६६ को ज्ञानबहादुर राना, पाल्पाकै रामपुर नगरपालिका वडा नं. ७ बस्ने बर्ष ३१ को लक्ष्मण पंगेनी र स्याङजा चापाकोट नगरपालिका वडा नं. ७ बस्ने बर्ष ४६ को दिनानाथ कँडेलको उपचार भइरहेको छ । 

    यसैगरी गण्डकी अस्पतालमा स्याङजा चापाकोट नगरपालिका वडा नं.६ बस्ने बर्ष ३२ की रेनु  थापा,  स्याङजा चापाकोट नगरपालिका वडा नं. ६ बस्ने बर्ष ६ की रनीसा थापा, तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४८ की सेतु कार्की, पाल्पा निस्ति गाउँपालिका वडा नं. २ बस्ने बर्ष २७ की पुजा सारु, तनहुँ भिमाद नगरपालिका वडा नं. ३ बस्ने बर्ष ६२ को दण्डपाणी रिजाल र तनहुँ घिरिङ गाउँपालिका वडा नं.४ बस्ने बर्ष ५० को तिखे थापाको उपचार भइरहेको छ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend