२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

रामबहादुर बमजनको घरबाट तीन करोड ३० लाख नेपाली रूपैयाँ फेला


सञ्चार डबली
  • बुधबार, पुस २५ २०८०
  • 6.6K
    SHARES

  • images
    रामबहादुर बमजनको घरबाट तीन करोड ३० लाख नेपाली रूपैयाँ फेला


    काठमाडौं । प्रहरीले रामबहादुर बमजनको घरबाट अहिलेसम्म तीन करोड ३० लाख नेपाली रूपैयाँ फेला पारेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँमात्र होइन विदेशी मुद्रा पनि फेला परेको छ । बमजनको घरबाट बरामद नेपाली रूपैयाँ गनेर सकिएको छ । तीन करोड तीस लाख ७५ हजार रहेछ। सबै हजार हजारको गड्डीहरू भेटिएको छ। अब बरामद भएको विदेशी पैसा गन्न बाँकी छ ।

    उनको साथबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छ । बमजनले अहिलेसम्म धेरै कुरा बोलेका छैनन् । आजसम्म कहाँ लुकेर बसेको भन्ने प्रश्नको जवाफमा विभिन्न जंगलहरूमा, कहिले आफन्तको घरमा बस्दै आएको मात्र उनले बताएका छन् ।

    प्रहरीले मंगलबार बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट उनलाई पक्राउ गरेको थियो । प्रहरी पुगेपछि भाग्नलाई उनी बरण्डाबाट हाम फालेका थिए । प्रहरीले केहीसमय अघिदेखि उनी काठमाडौंमा बस्दै आएको भन्ने सूचनाका आधारमा निगरानी बढाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend