२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 ३१ प्यालेस्टिनी पत्रकारहरू इजरायली जेलमा रहेको रिपोर्ट सार्वजनिक


सञ्चार डबली
  • बुधबार, पुस २५ २०८०
  • 9.1K
    SHARES

  • images
     ३१ प्यालेस्टिनी पत्रकारहरू इजरायली जेलमा रहेको रिपोर्ट सार्वजनिक


    काठमाडौं । कम्तिमा ३१ प्यालेस्टिनी पत्रकारहरू इजरायली जेलमा रहेको रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)का अनुसार गत अक्टोबर ७ देखि ३२ जना प्यालेस्टाइनी पत्रकारलाइ गिरफ्तार गरिएको छ । जसमध्य एकजना मंगलबार रिहा भएका छन् ।

     इजरायलले पक्राउ गरेका ३२ प्यालेस्टिनी पत्रकारहरूमध्ये मंगलबार दिया अल काहलौत भने रिहा गरिएको छ । इजरायलले मङ्गलबार रिहा गरेका अल अरबी अल जादीद समाचार आउटलेटका लागि गाजा संवाददाता हुन् ।

    इजरायलले कैद गरेका बाँकी ३१ प्यालेस्टाइनी पत्रकारहरू प्रायः कुनै आरोप बिना नै राखिएको आरएसएफले जनाएको छ।जेलमा परेका पत्रकारहरू सबै प्यालेस्टिनी मिडिया आउटलेटहरूको लागि काम गरिरहेका छन, जसमध्ये केही स्वतन्त्र पत्रकार पनि रहेका छन् । 
     
    यसरी इजरायली जेलमा रहेका प्रायः  उसैले कब्जा गरिएको वेस्ट बैंक क्षेत्रबाट पक्राउ गरिएकाहरू पर्ने मिडिया अधिकार संगठनले जनाएको छ । ‘गाजा पट्टीमा युद्ध जारी रहँदा गिरफ्तारी र नजरबन्दको यो घटना मुख्यतः प्यालेस्टिनी मिडियालाई मौन पार्ने उद्देश्यले गरिएको हो,’ आरएसएफले भनेको छ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend