२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

कुकुरको मासु खाने चलनको अन्त्य गर्दै दक्षिण कोरियाली संसद


सञ्चार डबली
  • मंगलबार, पुस २४ २०८०
  • 9.8K
    SHARES

  • images
    कुकुरको मासु खाने चलनको अन्त्य गर्दै दक्षिण कोरियाली संसद


    काठमाडौं । दक्षिण कोरियाको संसदले कुकुरको मासु खाने र बेचबिखन गर्ने परम्परागत चलनको अन्त्य गर्ने भएको छ । त्यहाँको संसदमा आज मंगलबार यस बिषयमा मतदान हुने अपेक्षा गरिएको छ ।  पशु कल्याणको लागि काम गरिरहेका संस्थाहरुले घरपालुवा जनावर कुकुरको मासु खानु र त्यही प्रयोजनका लागि बेचबिखन गर्नु अन्याय भएको भन्दै वर्षौंदेखि अभियान नै चलाईरहेका थिए । 

    यसमा ठूलो  संख्यामा समर्थन जुट्दै गएको पाईएपछि दक्षिण कोरियाका राजनीतिक दलहरु र सरकारले यसमा पुनर्विचार गर्न लागेका हुन् । दक्षिण कोरियालीले उच्च महत्व दिँदै आएका  कुकुरको मांशाहार त्यहाँको शताब्दीयौं पुरानो चलन मानिन्छ। तर पछिल्लो समय  विवादास्पद मानिँदै आएको यो अभ्यासलाई अन्त्य गर्न आज संसदमा मतदान हुँदैछ । गर्मीयाममा कोरियाली जनता कुकुरको मासु खानुलाई पाचन प्रणाली स्वस्थ्य राख्ने अभ्यास ठान्छन् । धेरैजसो पाका उमेरका व्यक्तिहरु कुकुरको मासु भोजन गर्छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend