२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

राष्ट्रियसभा निर्वाचनः उम्मदेवार छनोटप्रति ट्रेड युनियन कांग्रेसको असन्तुष्टि


सञ्चार डबली
  • मंगलबार, पुस २४ २०८०
  • 9.0K
    SHARES

  • images
    राष्ट्रियसभा निर्वाचनः उम्मदेवार छनोटप्रति ट्रेड युनियन कांग्रेसको असन्तुष्टि


    काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि नेपाली कांग्रेसको उम्मेदवार छनोट प्रक्रियामा नेपाल ट्रेड युनियन कांग्रेसले असन्तुष्टि जनाएको छ । महासचिव अजयकुमार राईले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभाको उम्मेदवारमा क्षमता भएका र अवसर नपाएकाहरुलाई नजरअन्दाज गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले संविधानले हरेक वर्ग, क्षेत्र, समुदायको प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था गरेपनि त्यसविपरीत कांग्रेसले उम्मेदवार चयन गरेको उल्लेख गरेका छन् । 

    महासचिव राईले पटकपटक अवसर पाएका ब्यक्तित्वलाई दोहोर्याइ तेहर्यााइ राष्ट्रिय सभा जस्तो बौद्धिक वर्गको उपस्थिति रहने स्थानमा अवसर दिनु न्यायसंगत नभएको जनाए ।उनले भने, ‘हामी समावेशी उम्मेदवार चाहन्थ्यौं । यहाँ श्रम क्षेत्र, श्रमिकको आवाज बोल्ने र सहयोगी हुने ब्यक्तित्वलाई पाखा लगाइएको छ । पार्टीले फेरि एकपटक श्रमिकलाई बेवास्ता गरेको महसुस गरेका छौं ।’ 

    मुलुकलाई आवश्यक पर्दा हरेक लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रहेका ट्रेड युनियनलगायत पेशाकर्मी, बौद्धिक वर्गको राष्ट्रिय सभामा उपस्थिति बञ्चित गराइएको उनले बताए । 

    प्रजातन्त्रदेखि गणतन्त्र ल्याउनसम्म अहम भूमिका खेल्ने पक्ष राष्ट्रिय सभाबाहिर राखिनु दुःखद भएको बताउँदै राईले सिंगो पार्टीले अवसर नपाएका श्रमिकलाई स्थान दिन गरेको खराब ब्यवहारप्रति ट्रेड युनियनको गंभीर भएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend