२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


सञ्चार डबली
  • मंगलबार, पुस २४ २०८०
  • 7.0K
    SHARES

  • images
    दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


    काठमाडौं । महोत्तरीमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएको महोत्तरी प्रहरी प्रवक्ता प्रहरी नायक उपरीक्षक दिलीपकुमार गिरीले बताए।

    मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली बिर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतो छन्।दुबै जनालाई बर्दिबासको शुभस्वस्तिक अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो । बर्दिबास–औरही सडक खण्डको औरही नगरपालिका–१ वडा कार्यालयनजिक सोमबार राति ९ बजे दुई वटा मोटरसाइकल जुधेका थिए।

    बर्दिबासबाट रामगोपालपुरतर्फ जाँदै गरेको प्रदेश २–०२–००४प १८४० नम्बरको पल्सर मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज११प ८०९९ नम्बरको डिस्कभर मोटरसाइकल ठोक्किएका थिए।दुर्घटनामा दुबै मोटरसाइकलका चालकको मृत्यु भएको छ।

    दुर्घटनामा भंगहा नगरपालिका–५ विर्ता पलारका ३१ वर्षीय वीरेन्द्र गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका २६ वर्षीय प्रदीपकुमार यादव गम्भीर घाइते भएका छन्। तीव्र गति र हुस्सुरकुहिरोका कारण मोटरसाइकल ठोक्किएको डिएसपी गिरीले बताए।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend