२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

सरकारसँग वैदेशिक रोजगार व्यवसायीले राखे १० बुँदे माग


सञ्चार डबली
  • मंगलबार, पुस २४ २०८०
  • 8.5K
    SHARES

  • images
    सरकारसँग वैदेशिक रोजगार व्यवसायीले राखे १० बुँदे माग


    काठमाडौं । वैदेशिक रोजगारमा देखिएका समस्या समाधानका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारसँग १० बुँदे राखेको छ ।  संघका अध्यक्ष राजेन्द्र भण्डारीले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दैै  सार्वजनिक गरेका हुन् । साउदी अरब दूतावास काठमाडौंले कामदारलाई समय र पैसा दुवैको भार पार्ने गरी अनिवार्य गरेको बायोमेट्रिक हटाउनुपर्ने पहिलो माग छ । 

    त्यस्तै वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक र मलेसियाको निजी कम्पनीबीच भएको व्यवसायविरोधी सम्झौता खारेज गर्नुपर्ने, रोजगारीमा जाने दक्ष कामदारलाई लागु गर्न खोजिएको अनिवार्य परीक्षा खारेज गर्नुपर्ने, निःशुल्क तालिमका नाममा बनाइएको कार्यविधिका अनावश्यक मापदण्ड हटाउनुपर्ने, रोजगारको आकर्षक गन्तव्य जापान, इजरायल (केयर गिभर बाहेक) कोरियाको भिषामा कामदार पठाउन व्यवसायीमार्फत व्यवस्था गर्नुपर्ने लगायतका माग छन् । 

    वैदेशिक रोजगार रोजगार भित्रको अनियमितता, कामदारलाई आर्थिक भार पार्ने कुरा र जहिले पनि व्यवसायीलाई भुमरीमा पार्ने किसिमको खेल बन्द गर्नुपर्ने बताए ।  उनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्रस्तुत गरेका मागहरु श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल सरकारबाट सम्बोधन नभए आन्दोनका कार्यक्रम घोषणा गर्ने भन्दै कामदार पठाउन पनि असक्षम रहने पनि बताए । 

    यस्ता छन् माग 
    १ साउदी अरब दूतावास काठमाडौःले कामदारलाई समय र पैसा दुवैको भार पार्ने गरी अनिवार्य गरेको बायोमेट्रिक कूटनैतिक पहल गरि हटाउनु पर्ने । 
    २ वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक र मलेसियाको प्राइभेट कम्पनीबीच भएको व्यवसायविरोधी सम्झौता खारेज गर्नुपर्ने ।
    ३ वैदेशिक रोजगारीमा जाने दक्ष कामदारलाई लागु गर्न खोजिएको अनिवार्य परीक्षाको औचित्य नहेरी आर्थिक भार बढाउने हुँदा खारेज गर्नुपर्ने ।
    ४ निःशुल्क तालिमका नाममा बनाइएको कार्यविधिको अनावश्यक मापदण्ड हटाउनु पर्ने ।
    ५ अभिमुखीकरण तालिमको नयाँ मापदण्डअनुसार तय गरिएको कार्यविधिमा राहदानी अगाडी र लट नम्बर अगाडि नै तालिमको व्यवस्था मिलाउनुपर्ने । 
    ६ मानव तस्करी र बिचौलियालाई फाइदा पुग्नेगरि प्रदान भइरहेको व्यक्तिगत श्रम स्वीकृति बन्द गरी संलग्नमाथि छानबिन गरी कारबाही हुनुपर्ने ।
    ७ वैदेशिक रोजगारको आकर्षक गन्तव्य जापान, इजरायल (केयरगिभरबाहेक) कोरियाको इ–सेभेन भिषामा कामदार पठाउन व्यवसायीमार्फत व्यवस्था गर्नुपर्ने । 
    ८ साउदी अरब कामदार पठाउन काठमाडौंस्थित दूतावासले केही सीमित व्यवसायीलाई मात्रै आइडी दिने र भएका आइडीलाई पनि अनावश्यक झन्झट दिँदै कतिपय व्यवसायीको बिनाकारण आइडी कार्ड खोस्ने र सीमित व्यवसायीलाई मात्रै एकाधिकार साथ काम गर्न बल पुग्ने कार्य गरिरहेकोले उक्त कार्य रोक्न र नयाँ व्यवसायीहरुले साउदी अरबबाट मागपत्र ल्याए पनि कामदार पठाउन नपाइरहेकाले सबै व्यवसायीहरुले साउदी अरब कामदार पठाउन पाउने व्यवस्था गर्न पहल गरिदिनुपर्ने । 
    ९ वैदेशिक रोजगार ऐन, २०६४ लाई समयसापेक्ष परिमार्जन गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग समन्वय र छलफल गरी मन्त्रालयले यथाशीघ्र कार्य प्रारम्भ गर्नुपर्ने । 
    १०  एफइआइएमआइएस प्रणाली पूर्ववत् रुपमा अविलम्ब सञ्चालनमा ल्याउन कार्य प्रारम्भ गरिनुपर्ने । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend