सञ्चार डबली
काठमाडौं, २३ पुस । टिपरको ठक्करबाट गोरखाका एकजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगर १ नम्बर गेट नजिकै गएराति बा.प्र.(३९००) प (५०) नम्बरको टिपरले बा.५४ प ५२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तार्केश्वर नगरपालिका चिसापानी बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा न ३ स्वारा निवासी वर्ष २५ वर्षीय को रनबहादुर तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका अजिरकोट गाउपालीका भच्चेक निवासी ईमान गुरुङको त्रि वि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। ट्रिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


