२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ


सञ्चार डबली
  • सोमबार, पुस २३ २०८०
  • 6.9K
    SHARES

  • images
    उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ

    सोमबार, पुस २३, २०८०
    काठमाडौं । उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार पाटन उच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीशले उनीहरूलाई शपथ गराएका हुन् ।

    शपथग्रहणसँगै अब न्यायाधीशहरू भोलिदेखि आउँदो माघ १२ गतेसम्म प्रशिक्षणमा रहनेछन् । त्यसपछि उनीहरू तोकिएको उच्च अदालतमा जानेछन् । यही पुस १८ गते बसेको न्याय परिषद्को बैठकबाट २६ जिल्ला न्यायाधीश, चार न्याय सेवाका कर्मचारी र नौ कानुन व्यवसायीलाई उच्चको न्यायाधीशमा नियुक्त गरिएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend