२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

यी हुन कांग्रेसका राष्ट्रियसभा उम्मेदवार, सिटौलादेखि जीतजंगसम्म


सञ्चार डबली
  • सोमबार, पुस २३ २०८०
  • 9.1K
    SHARES

  • images
    यी हुन कांग्रेसका राष्ट्रियसभा उम्मेदवार, सिटौलादेखि जीतजंगसम्म
     

    काठमाडौं। नेपाली कांग्रेसले चरम आन्तरिक विवादका बिचमा राष्ट्रियसभाको उम्मेद्वार चयन गरेको छ। जसअनुसार नेपाली कांग्रेसले कृष्ण सिटौलादेखि जीतजंग बस्नेतलाई समेटेर राष्ट्रियसभाको उम्मेद्वार चयन गरेको हो ।  सत्तारूढ गठबन्धनमा भएको भागबन्डा अनुसार ९ सिट पाएको कांग्रेसले आज बिहान उम्मेद्वार टुंगाएको हो । 

    यस्ता छन कांग्रेसको निर्णय: केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयहरू

    नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । बैठकले देहाय बमोजिम निर्णय गरेको छ ।

    (१) राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १८ को प्रयोजनका लागि संवत् २०८० माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा राष्ट्रिय सभा सदस्य पदका लागि नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको २०८० पौष २२ गते बसेको बैठकद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा
    ३२(९) बमोजिम तपसीलका उम्मेदवार मनोनयनको निर्णयलाई यो बैठक पारित गर्दछ ।

    कोशी प्रदेशमा —   श्री कृष्णप्रसाद सिटौला (अन्य)
    मधेश प्रदेशमा — श्री आनन्दप्रसाद ढुंगाना (अन्य)
    बागमती प्रदेशमा— श्री जीतजंग बस्नेत (अन्य)
    श्री विष्णुदेवी पुडासैनी (महिला)
    गण्डकी प्रदेशमा— श्री किरणवावु श्रेष्ठ (अन्य)
    श्री पदमबहादुर परियार (अपाङ्गता÷अल्पसंख्यक)
    लुम्बिनी प्रदेशमा — श्री विष्णुकुमारी सापकोटा (महिला)
    कर्णाली प्रदेशमा— श्री कृष्णबहादुर रोकाया (अन्य)
    सुदूरपश्चिम प्रदेशमा— श्री बलदेव बोहरा (अन्य)
    श्री नारायणदत्त भट्ट (अपाङ्गता÷अल्पसंख्यक)

    (२) संवत् २०८० माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन ऐक्यवद्ध ढंगले अघि बढ्ने सहमति बमोजिमका उम्मेदवारहरूलाई विजयी गराउन केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक सबै आदरणीय मतदाताहरूलाई हार्दिक आह्वान गर्दछ ।

    कृष्णप्रसाद पौडेल
    मुख्य सचिव

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend