२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

नेटवर्किङ मार्फत करिब १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ


सञ्चार डबली
  • आइतबार, पुस २२ २०८०
  • 9.2K
    SHARES

  • images
    नेटवर्किङ मार्फत करिब १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं, २२ पुस । नेटवर्किङमार्फत ठगी गर्ने जनालाई पक्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङको केपिलासगढी गाउँपालिका-२ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-४ बस्ने ३४ वर्षीय हिमाल राई रहेका छन्।

    उनले नेटवर्किङमार्फत काम लगाई दिने प्रलोभनमा पारेर १५ जनाबाट १६ लाख ९५ हजार रकम लिएका थिए। रकम लिएपछि कार्यलय बन्द गरेर राई सम्पर्कविहीन भएका थिए। उनले सामाजिक सञ्जालमार्फत कामदारको माग गर्दै विज्ञापन गरेर काठमाडौं महानगरपालिका-७ चावहिल, गंगाहिटी, काठमाडौंको महाराजगंज लगायतका विभिन्न स्थानमा भिजन ड्रिमरी प्रालि सञ्चालन गरेका थिए।

    उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-५ चपली हाइटको घुम्तीबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत गौशाला पठाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend