२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

पाँच किलो लागूऔषध र होटल सञ्चालकसहित तीन जना पक्राउ


सञ्चार डबली
  • शनिबार, पुस २१ २०८०
  • 7.7K
    SHARES

  • images
    पाँच किलो लागूऔषध र होटल सञ्चालकसहित तीन जना पक्राउ

    धनगढी, २१ पुस । कैलालीको चुरेबाट पाँच किलो लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडास्थित झालपोखरीमा रहेको एक होटलबाट चार किलो लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। आज बिहान ५० वर्षीय होटल सञ्चालक गोरे जागरी, बझाङको बुङगल नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय कर्णबहादुर धामी र वडा नम्बर २ का ३३ वर्षीय अमर धामी लागूऔषधसहित पक्राउ परेका हुन्।

    प्रहरीले गोप्य सूचनाको आधारमा होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय मालाखेती, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट खानीडाडाबाट खटिएको संयुक्त प्रहरी टोलीले होटेलमा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा लागूऔषध फेला परेको हो।

    प्रहरीले एक थान तराजु, एक किलोको ढक एक थान र आधा किलोको ढक एक थान समेत बरामद गरिएको छ। यस विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend