२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो, भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी


सञ्चार डबली
  • शनिबार, पुस २१ २०८०
  • 7.3K
    SHARES

  • images
    सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो, भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी

    २१ पुस २०८०, शनिबार  

    काठमाडौँ– जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा बजार क्षेत्रमा निषेधाज्ञाको समय थप गरेको छ । कार्यालयले  सूचना जारी गर्दै आज बिहान ८ देखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । यसअघि हिजो साँझ ५ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि कर्फ्यु जारी गरिएको थियो ।

    अस्पताल स्तरोन्नतिको विषयलाई लिएर हिजो भएको झडपमा एक जनाको मृत्यु भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

    कार्यालयले पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोतीरचोर्निया पुल क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । निषेधित समय र क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिँड्डुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने जनाइएको छ ।

    आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ । हिजो भएको झडपमा प्रहरीले गोली चलाउँदा बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । प्रदर्शनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटवालको घरमा ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend