२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

सर्लाहीको बरहथवामा गोली चल्यो, एकजनाको मृत्यु


सञ्चार डबली
  • शुक्रबार, पुस २० २०८०
  • 11.6K
    SHARES

  • images
    सर्लाहीको बरहथवामा गोली चल्यो, एकजनाको मृत्यु

    शुक्रबार, पुस २०, २०८०
    काठमाडौं । सर्लाहीमा गोली चलेको छ । गोली लागेका एकजना घाइतेको मृत्यु भएको छ । सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शैयाको अस्पतालको विषयमा विवाद हुँदा आज प्रहरीले गोली चलाएको थियो ।

    अस्पतालको विषयलाई लिएर स्थानीयहरूले नगरप्रमुख कल्पना कटुवालको घरमै आजगनी गर्न लागेपछि प्रहरीले गोली चलाएको जनाएको छ । प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार मेयरको घरअगाडि राखिएको एउटा गाडीमा आगजनी भएको छ ।

    मधेस प्रदेश प्रहरीका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार अझै सर्लाहीको अवस्था तनावग्रस्त छ । प्रहरीले दर्जनौँ राउण्ड गोली र अश्रुग्यास पनि प्रहार गरेको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend