२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

सम्भव नेपालले गोरखामा उपलब्ध गराएको एम्बुलेन्स गण्डकीका मुख्यमन्त्रीद्धारा हस्तान्तरण


सञ्चार डबली
  • बिहीबार , पुस १९ २०८०
  • 7.1K
    SHARES

  • images
    सम्भव नेपालले गोरखामा उपलब्ध गराएको एम्बुलेन्स गण्डकीका मुख्यमन्त्रीद्धारा हस्तान्तरण

    गोरखा, १९ पुस । संभव नेपालले गोरखाका ६ वटा स्थानीय तहलाई उपलब्ध गराएको एम्बुलेन्स हस्तान्तरण भएको छ । सम्भवः नेपालले उपलब्ध गराएको ‘ख’ बर्गको एम्बुलेन्स स्थानीय तहका प्रमुख, उपप्रमुखहरुलाई आज हस्तान्तरण गरिएको हो । गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो हस्तान्तरण गरेका हुन ।

    सो हस्तान्तरण समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले एम्बुलेन्सको सही सदुपयोग गर्न र व्यवस्थित रुपमा संचालन गर्न स्थानीय तहहरुलाई अनुरोध गरेका छन । संभव नेपालका संस्थापक अध्यक्ष समाजसेवी, नेपाली कांग्रेसका महासमिति सदस्य प्रेम खत्रीलाई धन्यवाद दिँदै मुख्यमन्त्री पाण्डेले उनले यस अघि देखि गोरखामा गर्दै आएको सामाजिक कामको प्रशंसासमेत गरेका छन् ।

    newskarkahna-news614611..jpg
    undefined

    जसअनुसार अजिरकोटको भच्चेक आधारभुत अस्पताल, बारपाक सुलिकोटको शहीद प्रेम ढकाल स्मृती आधारभुत अस्पताल, सिरानचोकको श्रीनाथकोट स्वास्थ्य चौकी, गण्डकी गाउँपालिकाको दुर्बङ स्वास्थ्य चौकी, आरुघाट गाउँपालिकाको थुमी स्वास्थ्य चौकी, चुमनुब्री गाउँपालिकाको सिर्दिबास स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

    एम्बुलेन्ससँगै भ्याक्सीन रेफ्रिजियर ९आईएलआर० वेड सेट, हिटर, डेलिभरी वेड, स्टेचर, स्पाईनल बोर्ड, ह्वील चियर लगायतका सामग्री पनि बितरण गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

    एम्बुलेन्स र स्वास्थ्य सामग्री सहित २ करोड ३६ लाख रुपैयाँ बजेट खर्च भएको संभव नेपालले जनाएको छ । उक्त संस्थाका अध्यक्ष खत्रीले यस अघि पनि गोरखाको ६ वटा स्थानीय तहहरु, गण्डकी गाउँपालिक १, भिमसेन थापा १,  गोरखा नगरपालिका २, धार्चे गाउँपालिका १, शहिदलखन १ थान एम्बुलेन्स बितरण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend