२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु


सञ्चार डबली
  • बुधबार, पुस १८ २०८०
  • 8.4K
    SHARES

  • images
    हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

    बुधबार, पुस १८, २०८०

    हेटौँडा । मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । तालिमका क्रममा दौडिरहेका वाग्मती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत डडेलधुराको आलिताल–६ घर भएका २५ वर्षीय विनोद एडीको ज्यान गएको हो । उक्त घटनामा दुई प्रहरी घाइते भएका छन् ।

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–११, थानाभ्याङमा आज बिहान हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३प २२२ नं को मोटरसाइकलले ठक्कर दिँदा प्रहरी जवान एडी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव निरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

    मोटरसाइकल सडकमा अनियन्त्रित भई पल्टिँदा चालक हेटौँडा–४ का ४१ वर्षीय लक्ष्मण लामा र सोही गणमा कार्यरत प्रहरी जवान नवराज सार्की र विजय खत्री घाइते भएका उनले बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend