२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images
समाचार

बसको ठक्करबाट बुटवलमा साइकलयात्रीको मृत्यु


  • मंगलबार, पुस १७ २०८०
  • 8.3K
    SHARES

  • images
    बसको ठक्करबाट बुटवलमा साइकलयात्रीको मृत्यु

    काठमाडौं, १७ पुस । बुटवलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। बुटवलबाट भैरहवा जाँदै गरेको लु १ ख ३३७४ नम्बरको बसले साइकलयात्रीलाई ठक्कर दिएको थियो।

    मंगलबार दिउँसो सवा ३ बजेतिर बुटवल उपमहानगरपालिका-८ मिलनचोकमा भएको दुर्घटनामा साइकलयात्री अन्दाजी ४० वर्षीय पुरूषको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।

    मृतक व्यक्तिको पहिचान खुल्न सकेको छैन। अहिले प्रहरीले मृतकको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखेको छ। ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend