२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बालकुमारी घटना : सुजन र वीरेन्द्रको शव परिवारको जिम्मा


सञ्चार डबली
  • मंगलबार, पुस १७ २०८०
  • 8.9K
    SHARES

  • images
    बालकुमारी घटना : सुजन र वीरेन्द्रको शव परिवारको जिम्मा

    १७ पुस २०८०, मंगलबार

    काठमाडौं– बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका युवकको शव परिवारले जिम्मा लिएका छन् । दैलेखका सुजन रावतको शव नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार घर लगिएको प्रहरीले जनाएको छ । अछामका वीरेन्द्र शाहको शव पनि आज नै प्रहरीले  परिवारलाई जिम्मा लगाउने तयारी गरेका छन् । 

    उनको शव सुर्खेतमा पुगेको छ । त्यहाँबाट अछाम लाने तयारी गरिएको छ । गत शुक्रबार बालकुमारीमा इपीएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका विद्यार्थी र प्रहरीबीच झडप हुँदा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो । सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो । वीरेन्द्रको पाटन अस्पतालमा मृत्यु भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend