२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images
समाचार

ढुङ्गाले लागेर दार्चुलामा महिलाको मृत्यु


  • आइतबार, पुस १५ २०८०
  • 8.4K
    SHARES

  • images
    ढुङ्गाले लागेर दार्चुलामा महिलाको मृत्यु

    दार्चुला, १५ पुस । दार्चुलामा भिरबाट खसेको ढुङ्गाले लागेर एक जनाको ज्यान गएको छ। 

    भिरबाट खसेको ढुङ्गाले लागेर दुहुँ गाउँपालिका–२ गोकुल बस्ने ४० वर्षीया दुरीदेवी बडालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

    आज आइतबार दिउँसो घर नजिकैको सडकमा गिट्टी फुटाउने क्रममा भिरबाट खसेको लागेर बडाल घाइते भएकी थिइन्। उनको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिए।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend